नरेश गुप्ता
बरियारपुर,जिल्ला विपद व्यवस्थापन समिति बाराको बैठक बुधबार कलैयामा सम्पन्न भएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाराका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका अधिकाश स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेन ।
कलैया उपमहानगरपालिकाको सभा हलमा दिउँसो १ बजे बसेको बैठकमा तीन वटै सुरक्षा निकाएका प्रमुखहरुको सहभागिता रहेको थियो । जिल्लामा कोभिडको जोखिम कायमै रहेकोले त्यसको पूर्वतयारी र विद्यालय संचालन तथा शिक्षण सिकाई र सुरक्षा मापदण्ड पूरा गराउने उदेश्यले विभिन्न ९ वटा बुदामा निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । विपद व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका प्रमुखहरु नै अनुपस्थित गैरजिम्मेवार भएको बताइएको छ ।
विपद व्यवस्थापन समितिको बैठकले जिल्ला कोभिड १९ को सन्दर्भमा शक्तिशाली भेरियेन्टको प्रसार हुने स्वास्थ्य विज्ञहरुको चेतावनीलाई दृष्टिगत गरि भौतिक दुरी काय गर्ने, जनस्वास्थ्य तथा सुरक्षा मापदण्डहरुको कडाइका साथ कार्यान्वयन गर्दै आवश्यक काम र दैनिक गतिविधि संचालन गर्न निर्णय गरिएको छ ।
त्यसैगरी विद्यालय सिकाइ क्रियाकलाप संचालन गर्ने बारेमा पक्ष र विपक्षमा धेरै बहस हुदै आएको भएपनि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार् प्रयोग गरि नेपाल सरकार मन्त्री परिषदबाट मिति २०७८ बैशाख ६ जारी आदेश र पछिल्लो विभिन्न मितिमा निर्णय संशोधन भए बमोजिम विद्यालयमा भौतिक उपस्थिति नभइ भर्चुवल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने व्यवस्था भएको छ ।
बैठकमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि सहजिकरण निर्देशिका २०७७ मा स्वीकृत कोभिड १९ सन्दर्भमा विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ कार्यन्वयन गर्ने निर्णय गरिएको र स्वस्थ्य संस्थाहरुको क्षमता बिकास गर्ने, स्वास्थकर्मीलाई तैयारी अवस्थामा राखी पूर्वव्यवस्थापन मिलाउने प्रजिअ पौडेलले जानकारी गराउनुभएको थियो । त्यसैगरी लोकमार्गमा जथाभावी गाईबस्तु छोडने, धान, गहु सुकाउने कार्य भएकोले यसबाट सवारी दुर्घटना बढेकोले नियन्त्रणको लागि सडकमा अवरोध गर्नेलाई सात दिनको सार्वजनिक सूचना दिइ जानकारी दिने र अटेर गरेमा कानुन बमोजिम कारबाही गर्ने विपद व्यवस्थापन समितिले निर्णय गरेको छ ।
विद्यालयमा सिकाइ गतिविधि संचालन गर्दा सामुदायिक र संस्थागत दुबैमा एकरुपता कायम गरी संचालन गर्ने निर्णय पनि भएको छ । बैठकमा कलैया उपमहानगरपालिकाका प्रमुख रजेश राय यादव, पचरौता नगरपालिकाको नगर प्रमुख रमेश यादव, कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत भण्डारी, सुवर्ण गापा अध्यक्ष महेन्द्र यादवलगायत जिल्ला विपद व्यवस्थापन समितिका सद्स्यहरु, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलगायतको उपस्थिति रहेको थियो ।