सिमरा,लायन्स क्लबले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जस्थित बौद्ध विद्यालयलाई शुक्रवार खाद्यान्न, शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको छ ।लायन्स क्लब अफ वीरगञ्ज ग्रेट पिपुल र लायन्स क्लब अफ वीरगञ्ज मिलिनियम एमजेएफले अहिंसावादी साङ्गे छ्योइलिङ आधारभूत बौद्ध विद्यालयलाई सामग्री वितरण गरेको हो ।
लायन्स क्लब अफ अमलेखगञ्जको समन्वयमा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका ईमिडियट पाष्ट डिष्ट्रिक्ट गभर्नर डिएन अग्रवाल, द्वितीय भाइस गभर्नर रामबिहारी पाण्डे, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष एवम् लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष सुवास श्रेष्ठ, एरिया ३ चिफ श्याम गुप्ता, जोन चेयर पर्सन बिनय साह, लायन्स क्लब अफ वीरगञ्ज ग्रेट पिपुलका अध्यक्ष उत्तम चन्द रकेचा र लायन्स क्लब अफ वीरगञ्ज मिलिनियम एमजेएफका अध्यक्ष विनोद खण्डेवाललगायतले सामग्री वितरण गरेका थिए ।कार्यक्रममा गुम्बाकी अध्यक्ष फुलमाया तामाङ, आनी याङ चेन डोल्मा, डिष्ट्रिक्ट क्याबिनेट अफिसर बिपिन पोखरेल, सज्जन अग्रवाल, गुम्बाका सदस्य गोपाल घलान, प्रध्यानाध्यापक मीना लामा, लायन्स क्लबका शंकर खण्डेवाल, रोशन गुप्ता, राजकुमार मानन्धरलगायत उपस्थित थिए ।


















