मनोज शाह
जीतपुर,जीतपुरकी गायिका सरिता मुखियाले गायन क्षेत्रमा बिस्तारै प्रभुत्व जमाउन थाल्नुभएको छ । हालसालै ५ वटा भक्ति रागका गीतहरु समावेश गीति एल्बम सार्वजनिक गरेपछि सरिता अहिले चर्चाको शिखरमा पुग्नुभएको हो ।
यसअघि पनि उहाँले धार्मिकसहित अन्य ७ ओटा भोजपुरी गीतहरू गाउनुभएको थियो । सरिताले सुरिलो स्वरमा जादु…………दे दे ए माई, एक हिरो लेखा पति, साँचो मे भाग भाग जाला होे, बाघवा जान मारेला, हर्लिना दुखवा हमार हो, नाही भुलिइ माई पगलीके शीर्षकका गीत समावेश एल्बम सार्वजनिक भएको हो । उहाँले दशैंलाई लक्षित गरेर दुर्गा माता रानी बोलको गीत पनि रिलिज भएको छ