कलैया, नेपालको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत विष्णु थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।बाराको मानमत-मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिका(१६ उत्तरझिटकैया गाउँमा बुधबार साँझ सवारी दुर्घटना हुँदा घाइते भएका ६० वर्षीय थापाको कलैयाको राजलक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार थापाले चलाएका ना३०प ९८३० मोटरसाइकल ना८ख २१९५ नम्बरको टिपरसँग ठोकिएको हो ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गको छेउमा जितपुरसिमरा उपमहानगरपालिका १६ मा पर्ने पिलुवा गाउँबाट कलैयातर्फ आउँदै गरेका थापाको सवार मोटरसाइकल र कलैयाबाट पिलुवातर्फ जाँदै गरेको टिपर आपसमा ठोक्किएको थियो ।टिपर चालक फरार छन् भने टिपर प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । थापाको शव कलैया प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।पुर्ख्यौली काभ्रे भएका थापा पछिल्लो समय कलैया(५ घुसुकपुरमा परिवारसहित बस्दै आएका थिए । जागिरको सिलसिलामा उनी लामो समय बारामै बसेका थिए ।

Leave a Reply