निजगढ,नेपाल महिला विकास संस्था निजगढले स्थानीय २५ जना जेष्ठ नागरिक महिलालाई न्यानो कपडा र हर्लिक्स वितरण गरेको छ ।निजगढ ८ स्थित कृष्णप्रणामी मन्दिरको सभा हलमा भएको कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले वृद्ध महिलाहरुलाई एक÷एक थान न्यानो कपडा पछ्यौरी र हर्लिक्स वितरण गर्नुभएको हो । जेष्ठ नागरिकहरुलाई कान्तिपुर भेट डिष्टिब्युटर्सले न्यानो कपडा उपलब्ध गराएको हो भने संस्थाले आफ्नै खर्चमा हर्लिक्स वितरण थियो ।

महिला विकास संस्थाकी अध्यक्ष इन्दिरा लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन अनेमसंघ मधेस प्रदेश अध्यक्ष अञ्जु नेपालीले गर्नुभएको थियो । संस्थाकी संस्थापक अध्यक्ष नेत्रकुमारी पौडेलको स्मृतिमासो कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply