दुष्यन्त चौधरी

बारा,जडिबुटी उत्पादन तथा प्रतिशोध केन्द्र शाखा कार्यालय तामागढीमा औषधिजन्य जडिबुटीको उत्पादन वर्षेनी घट्दै गएको छ ।

जडिबुटीको उचित मूल्यनपाउँदा किसानले जडिबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो ।

जडिबुटी उत्पादन तथा प्रतिशोधन केन्द्र शाखा कार्यालय तामागढीका प्रमुख बखतबहादुर साउदले दिनुभएको जानकारीअनुसार औषधिजन्य जडिबुटीको उत्पादन वर्षेनी घटेको देखिन्छ । वर्षेनी औषधिजन्य जडिबुटीको उत्पादन घट्नुको मुख्य कारण किसानले लगाएको जडिबुटीले उचित मूल्य नपाउनु रहेको छ ।

तामागढीमालेमनग्रास, सिट्रोनेला, पामारोजा, मेन्था, बाबरी तथा क्यामोमाईल तथा मसला तेललगायत जडिबुटीको खेती हुदै आएकोजडिबुटी उत्पादन तथा प्रतिशोध केन्द्रका प्रमुख साउदले जानकारी दिनुभयो । शाखा कार्यालय तामागढीले वार्षिक रुपमा ९ टन जडिबुटी उत्पादन गर्ने गरेको समेत उहाँले सुनाउनुभयो ।

कार्यालय प्रमुख साउदकाअनुसार केन्द्रीय कार्यालयले किसानलाई मलखाध सहयोग, ढुवानी खर्च, खरिद दर वृद्धि, अनुगमन तथा सहयोग गरेर सत्र हजार छ सय पचास किलो जडिबुटी उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

तामागढी शाखाले आर्थिक वर्ष २०७९÷०८० मा लेमनग्रास तिन हजार किलो, सिट्रोनेला एक हजार सात सय किलो, पामारोजा एक हजार छ सय बिस किलो, मेन्था नौ हजार किलो, बाबरी तिन सय असी किलो, क्यामोमाईल चार सय पचास किलो, मसलाको तेल एक हजार पाँच सय किलो तथा तुलसी पाँच किलो उत्पादन गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।

शाखाले आर्थिक वर्ष २०७४÷०७५ मा लेमनग्रास तिन हजार एक सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तिन हजार तिन सय उनान्सय किलो उत्पादन गरेको थियो । त्यसैगरी सिट्रोनेला तिन हजार पाँच सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई हजार दुई सय सात किलो मात्र उत्पादन गरेको थियो । त्यस्तै पामारोजा एक हजार सात सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा नौ सय तेत्तीस किलो मात्र उत्पादन गरेको थियो । मेन्था पाँच हजार केजीको लक्ष्यमा तिन हजार तिन सय सौसठ्ठी किलो, बाबरी पचास किलो लक्ष्यमा पैतीस किलो, क्यामोमाईल चार सय पचास किलो लक्ष्यमा चार सय, बेरासी किलो, मसला तेल सात सय लक्ष्यमा छ सय उन्नसाठी किलो उत्पादन गरेको तथ्याङ्क रहेको छ ।

त्यसैगरी केन्द्रले २०७५÷०७६ मा लेमनग्रास चार हजार किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तिन हजार एकासी किलो उत्पादन गरेको थियो । सिट्रोनेला दुई हजार पाँच सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा नौ सय चौवालीस किलो मात्र उत्पादन गर्न सकेको थियो । पामारोजा एक हजार सात सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा एक हजार चार सय सताईस किलो मात्र उत्पादन गरेको हो ।

त्यस्तै मेन्था छ हजार लक्ष्यमा तिन हजार छ सय चौवन्न किलो, बाबरी पचास किलो लक्ष्यमा बिस किलो, क्यामोमाईल चार सय पचास किलो लक्ष्यमा छ सय तेईस किलो, मसला तेल सात सय लक्ष्यमा पाँच सय सठसठी किलो उत्पादन गरेको तथ्याङ्क रहेको छ ।

२०७६÷०७७ मा लेमनग्रास चार हजार किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तिन हजार एक सय बाह्र किलो उत्पादन गरेको थियो ।

त्यसैगरी सिट्रोनेला दुई हजार पाँच सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा नौ सय साठी किलो मात्र उत्पादन गर्न सकेको जानाइएको छ । पामारोजा एक हजार सात सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा एक हजार चार सय उनान्सय किलो मात्र उत्पादन गरेको थियो । क्रमशः मेन्था छ हजार लक्ष्यमा दुई हजार सात सय चौबीस किलो, बाबरी पचास किलो लक्ष्यमा अठाईस किलो, क्यामोमाईल सात सय किलो लक्ष्यमा चार सय एघार किलो, मसला तेल सात सय लक्ष्यमा तिन सय पच्चीस किलो उत्पादन गरेको तथ्याङ्क रहेको छ ।

२०७७÷०७८ मा लेमनग्रास चार हजार किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तिन हजार सात सय अठसठी किलो उत्पादन गरेको थियो । त्यसैगरी सिट्रोनेला दुई हजार आठ सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई हजार एक सय पन्ध्र किलो मात्र उत्पादन गर्न सकेको प्रमुख साउदले जानकारी दिनुभयो । पामारोजा एक हजार नौ सय असी किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा छ सय सैतीस किलो मात्र उत्पादन गरेको थियो । मेन्था सात हजार लक्ष्यमा एक हजार पाँच सय पचासी किलो, बाबरी पचास किलो लक्ष्यमा चौवालिस किलो, क्यामोमाईल छ सय पचहत्तर किलो लक्ष्यमा चार सय उन्नचालिस किलो, मसला तेल छ सय लक्ष्यमा एक हजार पाँच सय एकहत्तर किलो उत्पादन गरेको तथ्याङ्क रहेको छ ।

२०७८÷०७९ मा लेमनग्रास तिन हजार छ सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तिन हजार सात सय छब्बीस किलो उत्पादन गरेको थियो । त्यसैगरी सिट्रोनेला तिन हजार एक सय पचास किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई हजार दुई सय उनानब्बे किलो मात्र उत्पादन गर्न सकेको छ । पामारोजा एक हजार दुई सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई सय एकहत्तर किलो मात्र उत्पादन गरेको थियो । मेन्था चार हजार लक्ष्यमा एक हजार दुई सय एक किलो, बाबरी एक सय बिस किलो लक्ष्यमा सैतालिस किलो, क्यामोमाईल चार सय पचहरी किलो लक्ष्यमा चार सय तेह्र किलो, मसला तेल एक हजार पाँच सय लक्ष्यमा तिन सय उनान्बे किलो उत्पादन गरेको तथ्याङ्क रहेको जडिबुटी उत्पादन तथा प्रतिशोधन केन्द्रका प्रमुख साउदले जानकारी दिनुभयो ।

Leave a Reply