कलैया,बारामा यस वर्ष १ अर्ब ५१ करोड ३ लाख २० हजार बराबरको ४८ हजार ७ सय २० मेट्रिक टन भदैया धान उत्पादन भएको छ ।कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहका अनुसार किसानहरुले यो वर्ष गत वर्षभन्द कम क्षेत्रफलमा धान खेती गरेको भएपनि उत्पादनमा भने कमी नआएको हो ।कृषकहरूले गत वर्ष ११ हजार ९ सय हेक्टर क्षेत्रफलमा खेती गरेकोमा यस वर्ष कुल ११ हजार ६ सय हेक्टर खेती गरेको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी रामजिवन ठाकुरले बताउनुभयो ।उत्पादित धान व्यापारीहरूले गाउँ र खेतमै पुगेर प्रतिक्विन्टल ३ हजार १ सयका दरले खरिद गर्ने गरेका छन् ।

Leave a Reply