हेटौंडा –  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ सुकुम्वासी बस्तीका जीतबहादुर तामांगको बुधबार उद्वार गरिएको छ । मानव सेवा आश्रम सहित हेटौंडा उपमहानगरपालिका,जिल्ला समनवय समितिको अगुवाइमा तामांगको उद्वार गरिएको हो । बिगत दुई महिनादेखि उपचार अभावका कारण थलिएका तामांगको बिषयमा खबर सार्वजनिक भएपछि बिभिन्न संघसंस्थाहरुको अगुवाइमा उद्वार गरिएको हो ।

 

 

 

 

 

उनकोउपचारका लागि आफूहरु लागि पर्ने मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले आफूहरु नगरवासीको साथमा रहेको बताइन् । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले तामांगको उपचारमा सहयोग गर्ने बताए ।  दाहिने ख्ट्टाको घुँडाभन्दा तलको भाग नचल्ने भएपछि तामांग थला परेका थिए । उनी हिडडुल गर्न सक्ने अवस्थामा थिएनन् ।

Leave a Reply