सिमरा, कृपा दैनिकका जीतपुर सम्वाददाता तथा स्पर्श खबरका संचालक पत्रकार मनोज साहमाथि सोमबार बिहान कुटपिट भएको छ ।जीतपुर घर भएका साहलाई ३–४ जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेका हुन् ।
साहको अनुहार र आँखामा चोट लागेको छ । सामाजिक संजालमा स्टाटस लेखेको विषयलाई लिएर स्थानीय कपुरराज पुरीसहितका व्यक्तिले कुटपिट गरेको साहले बताउनुभएको छ । स्टाटसको विषयमा विवाद गर्दै आफूमाथि हातपात गरिएको साहको भनाई छ ।
साहमाथि कुटपिटमा संलग्न पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।नेपाल पत्रकार महासंघ बारा, प्रेस चौतारी नेपाल बाराले पत्रकार साहमाथि भएको कुटपिट घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।















