शनिवार निजामती दिवस मनाइएको छ । निजामती भनेको सरकारी कर्मचारी हुन् । उनीहरुले यसै सरकारी कर्मचचारी बन्न पाउने होइनन् । कुनै जमाना थियो,कतिपयले नपढेर पनि सरकारी जागिर खाने गर्दथे तर अहिले त्यस्तो अवस्था छैन । अहिले त लोकसेवा आयोगको परीक्षा पास नै गर्नुपर्दछ नत्र कर्मचारी सरकारी हुन पाउने कुरै भएन । यिनै लोकसेवा पास गरेर सरकारी जागिर खाएकाहरुले शनिवार आफ्नो स्थापना दिवस मनाएका हुन् ।
जसले जे भनेपनि कर्मचारी भनेको स्थायी सरकार नै हुन् । उनीहरुले नै देश चलाउने हो । प्रधानमन्त्री,मन्त्री नेपालको सन्दर्भमा ६ महिनामा नै फेरिन सक्छन् तर मुख्यमसचिव वा सचिव सजिलै कसैले चाहदैमा फेरिदैनन् । उनीहरुको समय हुन्छ र समयसम्म सेवामा रहन पाउनेछन् । कर्मचारी सजिलै नहुने भएकाले उनीहरु आफैमा बिज्ञ पनि हुन्छन् किनभने पढाइ निकै महत्वपूर्ण कुरा हो ।
अहिले कतिपय स्थानीय तहमा जनताको प्रतिनिधि भएपनि थोरै पढाईले धेरै पढेका सचिवहरुलाई चलाउने अनि चलाउन नसकेपछि विवाद हुने गर्दछ । कयौं स्थानीय तहमा भइरहेको पनि छ । स्वार्थ बाझिएपछि चैं झगडा हुने हो र यो समस्या नेपालका कतिपय स्थानीय तहमा छ । कर्मचारी र जनप्रतिनिधिकाबीचमा समन्वय आवश्यक छ तर धेरै ठाउँमा यस्तो समन्वय देखिदैन । त्यसैले पनि जबसम्म कर्मचारी र जनप्रतिनिधिकाबीचमा मिलाप हुदैन तबसम्म हरेक स्थानीय तहमा समस्या जारी रहनेछ ।















