वीरगन्ज,किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत बालिका तथा समावेशी शिक्षा संजालका सदस्यहरुका लागि दिब्य युवा क्लब पर्सा र भिएसओ नेपालको सहकार्यमा शुक्रबार वीरगन्जमा एक दिने क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको छ ।

बाल सुरक्षा तथा लैंगिकतामा आधारित हिंसा सम्बन्धी कानुनी प्रावधान बिषयमा आयोजित उक्त तालिममा २६ जनाको सहभागिता रहेको भिएसओ नेपाल पर्साकी परियोजना अधिकृत देवी न्यौपानेले जानकारी दिनुभयो ।

वीरगन्जको त्रिजुद्ध माविसहित पर्साको धोबिनी र जगरनाथपुर गाउँपालिका तथा बिद्यालयमा गठन गरिएको संजालमा आवद्ध सदस्यहरुको सहभागिता रहेको पनि उहाँले बताउनुभयो ।

यसरी नै शुक्रबार नै यही कार्यक्रम अन्तरगत परियोजनाका ठूला दिदीहरुलाई पढाइ, लेखाइसहित अतिरिक्त क्रियाकलापको बिषयमा एकदिने तालिमको आयोजना गरिएको दिब्य युवा क्लब पर्साका लेखा अधिकृत गणेश ठकुरीले जानकारी दिनुभयो ।

Leave a Reply