सिमरा,अमलेखगञ्जस्थित अहिंसावादी साङ्गे छ्योइलिङ आधारभूत बौद्ध विद्यालयलाई मंगलवार सात थान बंक बेड हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब अफ अमलेखगञ्जको समन्वयमा सिद्धार्थ बैंक वीरगञ्ज शाखाले उक्त बेड हस्तान्तरण गरेको हो ।
लायन्स क्लबद्धारा आयोजित कार्यक्रमकाबीच सिद्धार्थ बैंकले २८ जना विद्यार्थी सुत्नसक्ने क्षमताको उक्त दुईतल्ले बेड विद्यालयलाई हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ बैंक वीरगञ्ज शाखाले एक लाख ७० हजारको लागतमा बेड निर्माण गरेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष एवम् लायन्स क्लबका अध्यक्ष सुवास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका ईमिडियट पाष्ट डिष्ट्रिक्ट गभर्नर डिएन अग्रवाल, सिद्धार्थ बैंकका क्षेत्रीय प्रमुख सुदीप ताम्राकार, वीरगञ्ज शाखा प्रमुख रविन ढकाल, लायन्स क्लबका जोन चेयर पर्शन विनय साह, अहिंसावादी साङ्गे छ्योइलिङ गुम्बाकी अध्यक्ष फुलमाया रुम्बा, उपाध्यक्ष जंगबहादुर तामाङ, प्रध्यानाध्यापक मिना लामालगायतको उपस्थिति रहेको थियो ।लायन्स क्लबको पहलमा यसअघि पनि उक्त विद्यालयमा विभिन्न सामाग्री तथा खाद्यान्न सहयोग गर्दैआएको थियो ।


















