नरेश गुप्ता,

बरियारपुर,कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएकाहरुको सम्झनामा बाराको महागढीमाईमा वृक्षारोपण गरिएको छ । सङ्क्रमणका कारण मृत्यु भएका समाजका अगुवा, समाजसेवी, शिक्षक र सर्वसाधारणहरुको सम्झनामा महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुरमा महागढीमाई फाउण्डेशनले वृक्षारोपण गरेको हो । फाउण्डेशनले गञ्जभवानीपुरमा रहेको भोला उच्च माध्यमिक विद्यालय र स्वास्थ्य चौकीमा ३ हजार भन्दा बढी बिरुवा रोपेको फाउण्डेशनका संरक्षक सुनिल कुशवाहाले जानकारी दिनुभयो ।

कोरोनाका कारण महागढीमाई नगरपालिका गञ्जभवानीपुर निवासी शिक्षक कमल गुप्ता, विदेशी गुप्ता र समाज सेवी रामबाबु गुप्ताको निधन भएको थियो । मृतकहरुको आत्माको कामना गर्दै उनीहरुको समझनामा वृक्षारोपण कार्यक्रम गरेको कुशवाहाले बताउनुभयो । फाउण्डेशनको अध्यक्ष कृष्णा गुप्ताको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक (डिएसपी) गौतम मिश्रको प्रमुख आतिथ्यामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here