एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सोमबार बसेको बैठकले यो वर्षको ट्वान्टी ट्वान्टी विश्वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण अस्ट्रेलियामा तय भएको यस वर्षको ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकप एक वर्ष पछाडि सारिएको हो ।

यसअघि अस्ट्रेलियाली क्रिकेट बोर्डका प्रमुख इर्ली इडिङ्सले यस वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म हुने प्रतियोगिता गर्न सकिने अवस्था नभएको बताएका थिए । तर, आईसीसीले यसबारे ठोस निर्णय गर्न सकेको थिएन् । यो प्रतियोगिता रद्द भएपछि इन्डियन प्रिमियर लिग हुने सम्भावना भने बढेको छ । भारतले यो प्रतियोगिता यूएईमा गर्ने योजना बनाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here