आरके राजन
सिम्रौनगढ,विद्यालय शिक्षा ऐन २०८० को बिरोध गर्दै आइतवार सिम्रौनगढ नगरपालिकाका शिक्षकहरुले जुलुस प्रर्दशन गरेका छन ।स्थानीय कन्काली माध्यमिक विद्यालयबाट निस्केका सो जुलुस सिम्रौनगढ बजार परिक्रमा गरि पुनः कन्काली मन्दिर अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।जुलुसमा सहभागीहरुले शिक्षक एकता जिन्दावाद, विद्यालय शिक्षा ऐन २०८० खारेज गर, शिक्षकको शोषण गर्न पाईदैन, शिक्षामन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।कन्काली माविका प्रधानाध्यापक ध्रुबप्रसाद कुशवाहाको अध्यक्षतामा भएको सो कोण सभालाई जिल्ला शिक्षक सघ बाराका उपाध्यक्ष सुभाषप्रसाद यादव,सिम्रौनगढ नगर शिक्षक सघका अध्यक्ष उमाशंकर प्रसाद यादव, दीपेन्द्र महतो, पुनम यादव, बृजकिशोरप्रसाद यादव, चन्द्रभुषणप्रसाद कुशवाहा लगायतले आफ्नो शिक्षा एन २०८० को विरोधमा बोलेका थिए । कोण सभाको संचालन शिक्षक सुरेश सहनीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here