वीरगञ्ज,पर्साको तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएको तीनजना मध्ये एकजना किशोर शनिवार बिहानदेखि बेपत्ता भएका हुन ।नदीमा पौडी खेल्न गएका किशोर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर– २ बैरिया निवासी असलम देवानका छोरा १४ वर्षीय समीर देवान पौडी खेल्दाखेल्दै बेपत्ता भएको सशस्त्र प्रहरी निरीक्षक कपिल गिरीले बताउनुभयो ।

उहाँका अनुसार बहुदरमाई मन्दिर नजिकैको तिलावे नदीमा ३ जना किशोरहरू पौडी खेल्न पुगेको र लगातार परेको पानीले नदीमा पानीको सतह बढेकोले ३ मध्ये २ जना भने सकुशल निस्कन सफल भएपनि एकजना भने बेपत्ता रहेका छन ।लगातार परेको पानीले नदीमा बाढी आएको बेला पौडी खेल्न जाँदा देवान बेपत्ता भएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार उनी शनिवार बिहान साढे ११ बजेदेखि बेपत्ता भएका हुन ।घटनास्थलमा लामो समय लगाएर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजबिन गर्दा पनि बेपत्ता देवानलाई फेला पार्न नसकेको अलौं सशस्त्र प्रहरी बेस क्याम्पका इन्स्पेक्टर गिरीले बताउनुभयो । सशस्त्र प्रहरीले घटनास्थलबाट करिब तीन किलोमिटर तल पुगेर उद्धार टोलीले खोजी कार्य गरिरहेको जनाइएको छ ।

Leave a Reply