गएको हप्ता नै सरकारले वीरगन्ज सहितका सीमा नाकाहरु खुला गरिएको कुरा सार्वजनिक भयो । सीमा नाका खुला भएसंगै नेपाल र भारतको सीमा क्षेत्रमा महिनौंदेखि रहेको समस्या समाधान होला कि भन्ने पनि आशा पलाएको थियो । तर समय र परिस्थितिसँगै नाका बन्द भएको लामो समय हुँदासमेत सरकारले सीमा नाका नखोलेपछि सरकारको समेत तीव्र आलोचना भएको थियो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारकै पालामा खुला हुनुपर्ने सीमा नाका अझै खुल्न नसकेको कुरा आएपछि वीरगन्जका व्यवसायीहरुले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे अनि समस्या राखेपछि देउवाले नाका खोल्ने निर्णय गरेको कुरा बाहिर आयो । तर सीमा नाका खुलाउने सरकारको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन ।

एक साता भइसक्दा पनि सरकारी निर्णय कार्यान्वयनमा नआएको भन्दै विरोध हुन थालेको छ । मन्त्री परिषदले गरेको निर्णय कार्यान्वयन हुनुको विकल्प छैन । यसको प्रभावकारी कार्यान्वयन आजको आवश्कता हो । किनभने यसको कार्यान्वयन नहुँदासम्म यस क्षेत्रका होटल व्यवसाय र सर्वसाधारणको जनजीवन पनि चलायमान हुन सकेको छैन । त्यसैले यो बिषयमा तत्काल निर्णय हुन आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here