राजन कुमार बानिया
पोखरिया – बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचाउन नेपाल सरकारले गरेको लकडाउनको सम्यमा दैनिक मजदुरी र जलादारी गरि कमाउने गुजारा चलाउनेहरु लाई सरकारले तोके को मापदण्ड अनुसार पर्साको धोबिनी गाउँपालिकाले शनिबार राहत खाद्यान्न समाग्री बितरण गरेको ठाउँमा राहत बितरण कार्यक्रमलाई बिथोलिएको कारण राहत बितरण रोकियो जम्मा १ सय ६६ जनाले राहत पाएको छ ।
राहत खाद्यान्न समाग्री धोबिनी गाउँपालिकाको वडा नं ३ हरिहरपुर वडा कार्यालयमा १ सय ६६ जनालाई बितरण गरेका छन् । साबिक वडा नं १.देखि ४ सम्मको दलित, गरिब, बिपन्न घर परिवारको राहत बितरण भईसकेको थियो । साथै वडा नं ५ देखि ९ सम्म को दलित ,गरिब, बिपन्न, घरपरिवारका जनताहरुले राहत लिन लाईन बनाएर लागेको थियोे त्यही बेला केही युवाहरुले राजनितीक चलखेल गरि खानेतेल स्टोरबाट बाहिर फालेको आरोप लगाई राहत बितरण बिथोलन वडा कार्यालयको प्रयांगनमा प्रबेश गरि कुर्सी तोडफोड समेत गरेको थियो ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरिया,लंगडी, सशस्त्र प्रहरी कार्यालय भिखमपुरबाट आएका टोलीले बिबादलाई साम्य बनाएको थियो । त्सपछी राहत बितरण कार्यक्रम रोकिएको वडा अध्यक्ष राजकिसोर पटेलले बताए । वडा अध्यक्ष पटेलले भने मेरो बिरोधी पार्टीले संयण्त्र गरि राहत बितरण कार्यक्रमलाई बिथोलन खोजेको आरोप लगाएका छन् । राजनितीक गरि हुहला गर्ने केही युवाहरुले वडा कार्यालयमा रहेको फर्निचरहरु ताेडफोड समेत गरेको थियो ।
हरिहरपुरमा राहत खाद्यान्न बितरणमा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीको नेतृत्वमा राहत समाग्री खाद्यान्न बितरण भईरहेको थियो । अध्यक्ष कुर्मीले भने नेपाल सरकारले लकडाउन गरेपछी धोबिनी गाउँपालिकाको जनताहरुलाई भोकभाेकै बस्न नपरोस घरमा चुलो जलने बवस्था मिलाएकोले राहत बितरण भई रहेको बेला केही राजनितिक कर्मीहरुले आफ्ना परिचालन गरिएको केही युवाले राहत बिथोलेको बताए । राहत बिथोले बनी केही फरक पर्नेवाला छैन बाकी रहेको सबै घरमा राहत खाद्यान्न समाग्री बितरण हुन्छ ।
राहत बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पारसनाथ पटेल,वडा नं ३ वडा अध्यक्ष राजकिशोर पटेल , धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत चौधरी, सर्वदलीय प्रतिनिधिहरु, गाउँपालिका तर्फबाट एक बोरा चामल, खाने तेल, नुन र दुई सय नगद लगायत समाग्री बितरण गरिएको थियो । खाद्यान्न बितरणको बेला राहत लिनेहरुलाई एक मिटरको दुरी बनाएर खाद्यान्न बितरण गरिरहेको थियो । बितरणमा मंसुर खां, स्वास्थ्य संयोजक संजय यादव, ईलाका प्रहरी कार्यालय लंगडीका प्रमुख बसन्त थापा, सशस्त्र प्रहरी र पत्रकारहरु लगायतको सहभागीता रहेको थियो ।