एजेन्सी । बलिउड अभिनेत्री ऋचा चड्रुडा प्रेमी अली फैजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् । अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।

दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय लिएका हुन् । उनीहरु आफ्नो विवाहमा पाहुनाले चित्त बुझुञ्जेल तस्वीर खिचुन् भन्ने चाहन्छन् ।

उनीहरुको प्रि वेडिङ सेरेमोनी नयाँदिल्लीमा हुँदैछ । नयाँदिल्लीको १ सय १० वर्ष पुरानो क्लबमा उनीहरुको विवाहको तीन दिनको कार्यक्रम हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here