निजगढ,निजगढ नगरपालिका– ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले ६८ वर्ष माथिका २३ जना जेष्ठ नागरिकलाई अतिथि राखेर २३ ओैं वार्षिक साधारणसभाको आयोजना गरेको छ ।

निजगढ– ८ स्थित निजगढ बैन्क्युट एण्ड सेमिनार हलमा सगरमाथा सहकारीले बिहीवार २३ ओैं वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको हो ।

सहकारी संचालक समितिका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य कृष्णप्रसाद उपाध्याय प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक तोयानाथ चौलागाई, सन्तबहादुर राउत, चन्द्रसिंह तामाङ, दियोमाया गौतम, दिलप्रसाद गौतम, हिराबहादुर तिमल्सिना, कुलबहादुर मुक्तान, तुलसादेवी पराजुली, ईन्द्रमाया श्रेष्ठ, भगवती रिजाल, विद्याकुमारी दाहाल, शम्भु भण्डारी, जानुकादेवी पराजुली, रामप्रसाद शर्मा, रामबहादुर भारती, नागेन्द्रप्रसाद साह, बासुदेव दाहाल, चेतराज खरेल, लक्ष्मीदेवी तामाङनी, फत्तकुमारी भण्डारी र धनप्रसाद गौमत पनि अतिथि थिए । संस्थाले उनीहरुलाई दोसल्ला र हर्लिक्स लगायतका सामान प्रदान गरेर सम्मान गरेको थियो ।

संस्थाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका छात्र निश्चल नेपाल र विद्यासागर ईङ्लिस स्कुलका बनिता बज्राचार्य र उत्कृष्ट बाल बचतकर्ता ऐश्वर्य श्रेष्ठलाई नगद दुई हजारसहित पुरस्कृत गरेको छ ।

त्यस्तै उत्कृष्ट शेयर कारोबार सदस्य लक्ष्मीकुमारी क्षेत्री, उत्कृष्ट ऋणी सदस्य गौरीकुमारी राउत, उत्कृष्ट बचत कारोबार सदस्य राजकुमार लामा र कर्मचारी सम्मान प्रमिलाकुमारी क्षेत्रीलाई साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाले स्थापना गरेको शैक्षिक अक्षय कोषबाट निजगढ ९ स्थित जनजागृति आधारभुत विद्यालयलाइ ४० हजारको चेक हस्तान्तरण गरेको छ । त्यस्तै संस्थागत प्रतिवेदन संस्थाका अध्यक्ष गौतम, लेखा समितिको प्रतिवेदन लेखा संयोजक रुद्रप्रसाद धिताल, आर्थिक प्रतिवेदन बच्चुराम लामिछाने र स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेल, निवर्तमान वडा अध्यक्ष सुदर्शन बडाल र सेयर सदस्य मुक्तिनाथ अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । संस्थजाको प्रगति प्रतिवेदन अध्यक्ष गौतमले प्रस्तुत गर्नुभएको थियो । संस्थाले १४७३ सदस्यको बीचमा कारोबार गरेर ५० लाख ६ हजार ७ सय ८३ खुद नाफा कमाएको छ । संस्थाले ९ करोड ३ लाख ७४ हजार ७ सय ९० कुल कारोबार गरेको संस्थाका व्यवस्थापक हरिप्रसाद पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply