निजगढ,विगतका वर्षहरु झैं यस वर्ष पनि निजगढ नगरपालिका ८ स्थित श्रीगौरी शंकर माध्यमिक विद्यालयका एस.एल.सी. ब्याच २०४९ का विद्यार्थीहरुले शनिवार मित्र मिलन तथा गुरु सम्मान कार्यक्रम आयोजना गरेका छन ।निजगढ ४ स्थित मोहोरीमा भएको सो कार्यक्रममा शिक्षकहरु सुदर्शनप्रसाद कोइराला, हरिनारायण लाल कर्ण, कृष्णप्रसाद उपाध्याय, गङ्गाप्रसाद शाह, नारायणप्रसाद लामिछने, रामकुमार शर्मा दाहाल, नागेन्द्रप्रसाद साहलगायतलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवालको अध्यक्षतामा भएको सो कार्यक्रममा २०८९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा निर्वाचित सोही व्याचका विद्यार्थी आशाकाजी श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।गौरीशंकर फाउन्डेसनका सचिव दिपककुमार खडकाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको संचालन दुर्गा बस्नेतले गर्नुभएको थियो ।कार्यक्रममा २०४९ ब्याचका विद्यार्थीहरु समुन्द्र नेपाल, चन्द्रप्रसाद दाहाल र दुर्गाप्रसाद धिताल, दिपेन्द्र बस्नेत, दिनेश श्रेष्ठलगायतको सहभागिता रहको थियो ।

















