कलैया,बारागढी गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ मा जम्मा अनुमानित बजेट ३९ करोड ३९ लाख ७३ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।सोमवार बारागढी गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभाको पाँचौ अधिबेशनमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिएको हो । बारागढी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी देवी रायद्वारा हस्तान्तरण गरिएको गाउँसभामा उक्त बजेट वडा नम्बर ३ का वडा अध्यक्ष उमेशप्रसाद साहले प्रस्तुत गर्नुभएको थियो ।
बजेटमा आयतर्फ संघीय सरकारबाट प्राप्त बित्तीय समानीकरण अनुदान रू. १० करोड ९ लाख सशर्त अनुदानमध्ये शिक्षा, कृषि, पशु र स्वास्थतर्फ गरि जम्मा रू १७ करोड १२ लाख ७३ हजार, राजस्व बाँडफाँडतर्फ ८ करोड ४२ लाख रहेको छ ।
त्यसै गरि विशेष अनुदानतर्फ १ करोड १५ लाख, प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये बित्तीय समानीकरणबाट ७० लाख, प्रदेश विशेष अनुदानतर्फ ३० लाख र समुरकतर्फ २० लाख छुट्याइएको छ ।त्यसैगरी आन्तरिक आम्दानी अनुमानित २६ लाख तथा गत आर्थिक वर्षको बैंक मौज्दात १ करोड गरि उक्त रकम बराबरको बजेट प्रस्तुत गरिएको हो । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, कार्यालयका कर्मचारी संचारकर्मी लगायतको सहभागिता रहेको थियोे ।बारागढी गाउँपालिकाका अध्यक्ष अशोकप्रसाद जैसवालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमका स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी तथा कार्यक्रम संचालन प्रशासन शाखा प्रमुख महेश ठाकुरले गर्नुभएको थियो ।


















