वीरगञ्ज,वीरगञ्जको आदर्शनगर रंगशालामा खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । बाराको बारागढी गाउँपालिका खोपवा घर भई हाल वीरगञ्जको नगवामा बस्दै आएका १२ वर्षीय उज्जवल चौधरीको मृत्यु भएको हो ।वीरगञ्जको मुनलाईट माध्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत उज्जवलको फुटबल खेल्न गएको बेलामा मृत्यु भएको हो । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीकाअनुसार खेल्ने बेलामा पोल लडेर शरीरमा लागेपछि उज्जवलको मृत्यु भएको हो । उनको शब पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।विद्यालय बिहान ११ बजे नै सकिएपछि बेलुका घरबाट आफै खेल्न गएको बेलामा पोलमा चढ्दा लडेर मृत्यु भएको मुनलाईट माध्यामिक विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिनुभयो ।

















