वीरगन्ज,तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आइतवारको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ ।शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले ट्राईब्रेकरमा ४- २ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भएको खेलको पहिलो हाफको १९औं मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर ७७ का खेलाडी गणेश धामीले पहिलो गोल गरे ।सुरुमा केही दबाबमा देखिएको हेटौंडा फुटबल एकेडेमीले खेलको २२औं मिनेटमा गोल गरेको थियो । हेटौंडा फुटबल एकेडेमी मकवानपुरका दाबा लामाले गरेका थिए ।खेलको ५०औं मिनेटमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरका अन्जन बछारले गोल गरेर टोलीको अग्रता दोब्बर पारेका थिए ।
खेलको ६४औं मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका विवेक बिकले गोल गरेर खेललाई बराबरीमा पु¥याए ।
खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिम २–२ गोल गरेर बराबरीमा खेलपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा चिडिया दह स्टार क्लब रौतहटका खेलाडी मध्ये दुई खेलाडीको प्रहार पोष्टबाट बाहिरिएको थियो ।
हेटौंडा फुटबल एकेडेमी मकवानपुरका खेलाडीले भने सबै प्रहारको सदुपयोग गरेका थिए ।
खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमी मकवानपुरका गोल रक्षक अस्बिर गुम्बा घोषित भए । गुम्बालाई परवानीपुर निवासी मनी आलमले २ हजार १ सय नगद सहित र ट्रफी प्रदान गरे ।सोमवारको खेल वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज र नवजनजागृति क्लब सिमराबीच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।चैत १० गतेसम्म चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगञ्ज युनाइटेड एफसी, हनामी भरतपुर फुटबल क्लब चितवन, वीरगञ्ज युथ एकेडेमी, हेटौंडा फुटबल एकेडेमी मकवानपुर, नवजन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी छन ।प्रतियोगितामा विजयी क्लबले नगद दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजारसहित प्रमाणपत्र र ट्रफी पाउने छ ।त्यस्तै प्रतियोगितामा विभिन्न विधाका खेलाडीहरुको लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

















