धेरै नेताले भन्छन् राजनीति जनताका लागि गर्ने हो अनि राजनीति जोगी हुनको लागि पनि होइन । राजनितिमा लाग्नेले मन्त्रीसम्म मात्रै नभइ प्रधानमन्त्रीसम्म बन्ने सपना देख्नु स्वभाविक नै हो तर राजनीतिमा लागेकाहरुले अवसर नै पाएनन् तर राजनाीति नगरेका वा थोरै लगानी गरेकाहरुले बढी अवसर पाए भने चैं चित्त दुखाइको बिषय हुन सक्छ ।
बिहीबार प्रधानमंत्री केपी ओलीले नयाँ मन्त्रीहरु थपे । थपिएका अधिकांशहरु नयाँ छन् । नयाँहरुले अवसर पाउनु नै हुन्न पनि भन्न खोजिएको होइन तर नयाँलाई अवसर दिने नाउमा पुरानालाई पाखा लगाउदा त राजनीतिक संस्कार त के बन्ला र खोइ ? स्वार्थ र सत्ताका लागि जे पनि गर्ने परिपाटीको बिकास भयो भने के होला ?
यो आजको यक्ष प्रश्न हो । भोलि केपी ओलीको ठाँउमा पुग्नेहरुले पनि उनकै बाटो समाए भने राजनीति कता जाला ? राम्रोसंग घर चलाउन नसक्ने अथवा त्यो बिषयमा विज्ञ नभएकाहरुलाई मन्त्री बनाएर फगत राजनीतिक स्वार्थ त पूरा हुँदैन । त्यसैले पनि केपी ओलीको पछिल्लो कर्म सुहाउने खालको भने बिलकुल छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here