निजगढ,निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीमा नेकपा एमालेका कार्यकर्ता भिमबहादुर गोलेलाई खुकुरी प्रहार गरी घाइते पारेको आरोपमा पक्राउ परेका रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ४ बस्ने बस्ने नन्दलाल राजबंसी जिल्ला अदालतबाट धरौटीमा छुटेका छन ।
अदालतले २ लाख रुपैया धरौटी लिएर राजबंशीलाई शुक्रवार रिहा गरेको हो । उनीमाथि घरमा सुतिरहेको अवस्थामा राति १२ बजे गोलेलाई खुकुरी प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोग थियो ।गोलेमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नन्दलाल राजबंशी भनिने मन्सुर मियालाई एक महिनाअघि रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरी प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दामा दर्ता गरेको थियो ।
घटना लगत्तै अस्थायी प्रहरी पोष्ट रतनपुरीबाट पुगेको टोलीले घटनास्थल नजिकैबाट ग २४ प ७०४६ नम्बरको एउटा मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको थियो । घटनाबाट बरामद मोटरसाइकल र मोबाइल सिमको आधारमा अनुसन्धान गर्दै जाँदा राजबंशीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशवाहाले बताउनुभयो ।राजबंशीले केही वर्षदेखि निजगढ र रतनपुरमा मोटरसाइकलबाट घरघरमा पु¥याएर कपडा बेच्ने काम गर्दैआएका थिए ।

















