पुष्पराज खतिवडा
मन्हर्वा – जीतपुरसिमरा उपमहानगरपालिका १८का अग्नी पिडीत मोसाफिर साहले जिल्ला दैविक प्रकोप उद्दार समितिबाट तीनहजार रकमको चेक पाउँदा तिसहजार बढीको हैरानी पाएको बताए । गत कार्तिक २९ गते दिउँसो खाना पकाउने क्रममा उनको फुसको घरमा आगलागि हुँदा घरमा रहको नगद लत्ताकपडा भाँडाबर्तन जलेर नष्ट भएको थियो । घर आगलागीमा परि कर्जा तिर्न राखेको ४० हजार नगद सहित ३ लाख रुपैंया बराबरको लत्ताकपडा अन्नपात जलेर नष्ट भएको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको उद्दार समितिले सहयोग गरेकोे रकमले तनाव थपेको उनको भनाई छ ।

 

 

 

 

 

दर्जनौं पटक जिल्ला धाएको बताउने पिडित साहलाई यो र त्यो बहानामा सहयोग लिन निकै गाह्रो भयो । गत पौष १ गतेको मितीमा काटिएको तीनहजार रकमको चेक उनले हिजो मात्रै पाए । तर त्यही चेक उनका लागि भालुको कन्पटी समाए जस्तो भएको छ । कुनै पनी बैंकमा खाता नभएका विपन्न साहले खातामा जम्मा गरेर मात्रै निकाल्न मिल्ने एकाउन्ट पेई चेक पाएको देखाए ।

 

 

 

 

 

चेक साट्न एकहजार रुपैंया जम्मा गरेर बैंकमा पहिला खाता खोन्नु पर्ने बैंकले बताएको छ । खाता खोल्न नागरिता चाहिन्छ । तर नागरिता आगलागीमा जल्यो । प्रतिलिपी लिन पाएको छैन । कसरी खाता खोलेर सरकारको सहयोग पाएको महसुस गरौं , साहले रन्चे स्वरमा भने ।

 

 

 

 

 

नखाउँ दिनभरीको शिकार खाउँ कान्छा बाउको अनुहार भने जस्तै भयो ,साहले भने । घरै बन्ने पैसा आउला भन्ठानेर धेरै धाईयो । धाउँदाको खर्च पनी आएन । मेरो परिश्रमको त कुरै छैन । ८० हजार कर्जा काडेर पुनः झुपडी हालेको छु । १० जनाको जहान छ । लाउनै र खान नै समस्या भैरहेको छ । यो जाडो आगो तापेरै कटाउन सके तेस्पछी केही त होला गरिबलाई हेर्ने भगवान त होलान नी साहले भने ।

 

 

 

 

 

वास्तमा यो समस्या हो । यसपटक जे भयो आगामी दिनमा त्यस्लाई सच्याईने छ । दुई चारहजार रुपैंयाकालागि सर्वसाधारणलाई खाताको झण्झट भोलीबाटै अन्न गरिने बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले बताए ।

Leave a Reply