नरेश गुप्ता

बरियारपुर,यतिबेला बाराको दक्षिणी भेगका किसानलाई मकैबाली भित्र्याउने चटारोमा परेका छन । यो वर्ष मकैबाली भित्र्याउने बेलामा लगातार बर्षा भएपछि किसानलाई बाली भित्र्यउन भ्याइनभ्याइ भएको हो ।

बिगतको केही दिनखेखिको झरीले खेतबारीमा नै मकैको घोघा भिजेपछि किसान समस्यामा छन । लगातारको बर्षाले किसानहरुले खेतबाट पाकेको मैकै निकाल्न सकेका छैनन । झरीले धेरै किसानको मकै खेतबारीमा भिजेर कुहिने अवस्थामा पुगेको छ । कतिपयले भिजेको मकै घरमा ल्याएर थन्काएका छन । बाराको महागढीमाई नपा २ का किसान राजेन्द्र यादव, किशोरी साह लगायत किसानहरु अहिले बर्षाले भिजेको मकै घाममा सुकाएर बिक्री गर्ने तर्खरमा छन ।

बाराका १६ वटै स्थानीय तहमा विभिन्न प्रजातिको हाईब्रिड मकै लगाइने गरिएको छ । नगदे बालीको रुपमा रहेको मकै खेतीबाट जिल्लाका किसानले पछिल्लो समय राम्रो फाइदा पनि लिदै आएका छन । तर भित्र्याउन बेलामा परेकोे झरीले पाकेको मकै थन्काउन पनि समस्या परेको स्थानीय कृषक जयकिसुन साहले बताउनुभयो । मकै भित्र्याउने बेलामा नै पानी पर्न थालेपछि अधिकाश कृषकको मकै खेतबारीमा नै कुहिएर नष्ट हुने अवस्थामा पुगेको महागढीमाई नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष जहिर अंसारी बताउनुहुन्छ । बर्षाले मकै बिग्रेपछि किसान यो वर्ष प्रतिकिविन्टल एक हजारमा बिक्री गर्न बाध्य बनेका छन । अघिल्ला वर्षहरुमा किसानले प्रतिक्विन्टल ३ हजार रुपैयासम्ममा मकै बेचेका थिए । तर बर्षा अगावै भित्रयाइएको मकै भने व्यापारीहरुले प्रतिक्विन्टल दुई हजार तीन सयको दरले बिक्री गरेको गोलागंज भन्डारण केन्द्रका संचालक हरिओम चौरसियाले बताउनुभयो । बर्षाले भिजेको र गेडा उम्रिन अवस्थामा रहेकोले व्यापारीले यसपटक मकैमा कम दाम दिएका हुन । जिल्लामा उत्पादन भएको मकै दाना उद्योगीले खरिद गरेर लैजाने गरेका छन ।

Leave a Reply