कलैया,कलैया– वीरगञ्ज सडकखण्डमा आइतवार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक पैदल यात्रु गम्भीर घाइते भएका छन ।घाइते हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानाका ५० वर्षिय नारायण अधिकारी रहेका छन् ।कलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ८५१६ नम्बरको सिटी राइड बसले नौतनस्थित एलएस न्यूरो हस्पिटल अगाडि अस्पतालमा बिरामी भेट्न जाँदै गरेका बेला अधिकारीलाई ठक्कर दिएको हो । गम्भीर घाइते अधिकारीको एलएस न्यूरो हस्पिटलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय प्रसौनीले नियन्त्रणमा लिएको छ । फरार रहेका बसका चालकको पहिचान खुल्न नसकेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिनुभयो ।

Leave a Reply