कलैया,बाराको हलखोरिया साझेदारी वन र राष्ट्रिय जनवकालत मञ्च, नेपालले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– १८ का विपन्न दलित बस्तीमा “एक घर एक आँप र कागती” अभियान अन्तर्गत दुई सय वटा फलफूलका बिरुवा वितरण गरेको छ ।हलखोरिया साझेदारी वन र राष्ट्रिय जनवकालत मञ्च, नेपालको सहकार्यमा भएको विरुवा वितरणले स्थानीय दलित र विपन्न परिवारहरूलाई आत्मनिर्भरता र हरित वातावरण प्रवद्र्धन गर्न मद्दत पुग्ने वडा अध्यक्ष चतुरबाबु वाग्लेले बताउनुभयो । विरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले अभियानबाट दलित समुदायको जीवनस्तर उकास्न र वातातावण संरक्षणमा सहयोग पु¥याउने विश्वास पनि व्यक्त गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमका सहभागीहरूलाई बिरुवा संरक्षण तथा फलफूल उत्पादन सम्बन्धी छोटो प्रशिक्षण समेत दिइएको थियो ।
वडा अध्यक्ष वाग्लेले दुबै सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता साझेदारी कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply