सिमरा,सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले एक कार्यक्रमको आयोजना गरी वृत्तचित्र प्रदर्शन तथा स्मारिका विमोचन गरेको छ । समितिको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच संस्थाको इतिहास र वर्तमान योजना समेटेर तयार पारिएको वृत्तचित्र र स्मारिका विमोचन गरिएको हो ।
कार्यक्रममा जेष्ठ नागरिक एवम् तत्कालिन पिपरा सिमरा गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च मुकुन्दप्रसाद उपाध्याय, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र संस्थाका अध्यक्ष कासिम हुसेनले वृत्तचित्र र स्मारिका विमोचन गरेका थिए ।२०५४ सालमा स्थापना भएको सिमरा खानेपानीको विषयमा उपभोक्ता र आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले बाराका पत्रकार उपेन्द्र ठाकुरले तयार पारेको वृत्तचित्र र स्मारिका विमोचन गरिएको हो ।संस्थाका अध्यक्ष हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी र उपभोक्तालगायतको उपस्थिति रहेको थियो ।

















