निजगढ,राष्ट्रिय युवा संघ नेपालका दुई जना केन्द्रीय सदस्यले निजगढ नगरपालिका वडा नम्बर १० लालका २० जनालाई छात्रछात्रालाई निःशुल्क ट्युशन कक्षाको व्यवस्था गर्ने भएका छन । संघका केन्द्रीय सदस्य दिपिका शाह र ईराज कोईरालाले संविधान दिवसको अवसर पारेर आइतबार विद्यालयका विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले दैनिक २ घण्टा निशुल्क अतिरिक्त कक्षा (टिउसन) को व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।

लाल गाउँका बिपन्न, गरिब र असाहाय परिवारका बालबालिकाका निम्ति आफ्नो खर्च कटौती गरि उनीहरुको पठनपाठनमा थप सहयोग गर्न १ वर्षसम्म निशुल्क ट्युशन कक्षाको व्यवस्था गर्ने घोषणा गरेको केन्द्रीय सदस्य शाहले बताउनुभयो ।

कोरोना महामारी र बन्दाबन्दीका कारण बालबालिकाहरुको पठनपाठनमा असर परेको र अभिभावकहरुले पनि ज्याला मजदुरीको काम गर्न नपाएर परिवारका सदस्यहरुको जीविकोपार्जनमा समस्या परेको अवस्थामा आफूहरुको सानो सहयोगले पनि बालबालिकालाई ठुलो मद्दत पुग्ने अर्का केन्द्रीय सदस्य कोइरालाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here