निजगढ,लोकतान्त्रिक आदिवासी जनजाति महासंघ निजगढको शुक्रवार भएको प्रथम नगर भेलाले बुद्धिबहादुर रानामगरको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बारा जिल्ला अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा भएको सो भेलाको बन्द सत्रबाट चयन भएको पदाधिकारी र सदस्यहरुको नाम नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलानले वाचन गरेर सुनाउनुभएको थियो ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष एंव नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीको प्रमुख आतिथ्यतामा भएको सो भेलामा निजगढ नगर पालिकाका नगर प्रमुख एंव एमाले निजगढका अध्यक्ष सुरथ पुरी, नगर उपप्रमुख सोममाया थिङ्ग, नेकपा एमाले मधेस प्रदेश कमिटीका सदस्य सुदर्शन कोइराला, दुर्गा कोइराला, एमाले बारा जिल्ला सहसचिव भुलन चौधरी, रिटर्नी माइग्रेट नेपालका उपाध्यक्ष रामकृष्ण घिमिरे लगायतले भेलाको सफलताको लागि शुभकामना मन्तब्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here