नरेश गुप्ता

बरियारपुर –  जिल्ला  प्रहरी कार्यालय बारा लगायत  मातहतको प्रहरी  चौकीबाट  खटेको प्रहरीको टोलिले  अबैध  भट्टि नष्ट गर्नुको साथै दुई हजार भन्दा बढी  कच्चापदार्थ  मदिरा नष्ट गरेको छ ।  जिल्ला  प्रहरी  कार्यालय बाराको प्रहरी  निरीक्षक  प्रशान्त  श्रेष्ठको कमाण्डमा रहेको टोलिले  कोल्हबी नगरपालिका  १० बछनपुर्वा स्थित रहेको अबैध  १२ वटा मदिरा भट्टि र कच्चापदार्थ नष्ट गरिएको  बाराको प्रहरी  प्रवक्ता  गौतम  मिश्रले बताउनु भयो ।

 

 

त्यसैगरी  प्रहरी  चौकी मुसहर्वाले बिश्रामपुर ५ ईटियाही स्थित रहेको मदिरा भट्टि  र प्रहरी  चौकि बसपार्कको टोलिले  कलैया उपमहानगरपालिका  ९ मा अबैध  रुपमा संचालन रहेको दुईवटा मदिरा भट्टि नष्ट गर्नुको साथै  दुई हजार कच्चापदार्थ  नष्ट  गरिएको जिल्ला  प्रहरी  कार्यालय बाराले जनाएको छ ।  बाराको विभिन्न  स्थानीय तहमा अबैध रुपमा संचालन रहेको मदिरा भट्टिहरुलाई तोडफोड नष्ट अभियानलाई अगाडि बढाईएको बाराको प्रहरी प्रवक्ता गौतम  मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here