नरेश गुप्ता

बरियारपुर,प्रदेश नम्बर २ सरकारकी अर्थ मामिला तथा योजना राज्य मन्त्री उषा यादवले छठ पर्व आस्थाको प्रतीकको रुपमा रहेको बताउनुभएको छ ।

बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ मा मंगलबार आयोजित छठ व्रतालुलाई पूजा सामग्री वितरण तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राज्य मन्त्री यादवले सो कुरा बताउनु भएको हो । हिन्दूहरुको पवित्र पर्वको रुपमा रहेको छठ पर्वको महिमा ठूलो रहेको उहाँको भनाइ थियो । सो अवसरमा करैयामाई गाउँपालिका वडा नम्बर ८ का व्रतालु महिलाहरुलाई सारी, चामल, तेललगायतको सामग्री वितरण गरिएको वडा अध्यक्ष सुरेन्द्र साहले जानकारी दिनुभयो ।

वडाका करिव १ सय ४५ जना गरिव, असाहय र एकल महिलाहरुलाई पूजा सामग्री वितरण गरिएको थियो । जनता समाजवादी पार्टी करैयामाई गाउँ कमिटीका अध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा अर्थ राज्य मन्त्री यादवले छठ पर्वको शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

Leave a Reply