विद्यालयस्तरको परीक्षाको अन्तिम खुड्किलोको रुपमा लिइने एसईई परीक्षाको २०८० को नतिजा बिहीवार सार्वजनिक भएको छ ।दशक अघिसम्म नेपालमा एसएलसीकै नामले चिनिने एसईर्ई शुरु भएको पनि धेरै वर्ष भएको छैन । एसएलसीबाट एसईईमा आएपछि विद्यार्थीहरुका लागि केही सहज होला भन्ने पनि लागेको थियो र विज्ञहरुबाट यस्तै कुरा पनि आएको थियो ।

वास्तवमा एसईई भनेको चैं एउटा खतरनाक हाउगुँजी थियो । कक्षा दशसम्म पढेर पनि एसईई नदिनेको संख्या दशकअघि धेरै थियो अहिले केही त धेरै घटेको छ तर एसर्ईईको नजिताले अझै यसको हाउगुँजी विद्यार्थीको माझमा रहेको नै देखिन्छ ।
यस वर्षको एसईईको परीक्षाफलले पनि यो कुराको पुष्टि गर्दछ । यो वर्षको एसईईको उत्तीर्ण हुनेभन्दा अनुत्तीर्ण हुने विद्यार्थीहरुको संख्या धेरै छ । त्यसो त अब एक महिनापछि हुने परीक्षामा केही त सहभागी भएर कक्षा ११ मा पढ्न पाउने छन् तर करिब डेढ लाख विद्यार्थीहरुले फेरि पनि यही एसईई परीक्षाका लागि एक वर्ष कुर्नुपर्ने अवस्था देखिन्छ । यो प्रर्णालीमा सिधा भाषामा फेल नभने पनि धेरै विद्यार्थी फेल भएका छन् ।

एसईईको यस्तो परिणामको लागि शिक्षक, वर्तमान शिक्षा प्रणाली जिम्मेवार छ र राज्यको लागि यो एउटा चुनौति पनि हो । अब यो एसईई किन राख्ने भन्ने बहस हुन पनि जरुरी छ जस्तो देखिन्छ ।कक्षा दश पास गरेपछि उसका लागि कक्षा ११ मा पढ्ने बातावरण बनाएर १२ कक्षा उतिर्ण गर्ने सवालमा अलि कडाई गर्दा उचित होला । अब यो एसर्ईईको औचित्य लगभग सकिएको छ । तैपनि सरकारका कारण फेरि एक डेढलाख विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्ने देखिन्छ र यो हरेक वर्ष यसरी नै दोहोरिरहने भएपछि एसईई र एसएलसीमा के नै फरक प¥यो र ? विद्यार्थीको लागि दुबै परीक्षा हाउगुँजी नै बनेर रहेका छन ।

Leave a Reply