नेपालमा पछिल्लो पटक फेरि निषेधाज्ञा थप गरिएको छ । पर्सा, रौतहट लगायतका जिल्लामा निषेधाज्ञा थप गरिएको छ भने संघीय राजधानी काठमाडौंमा पनि थपिएको छ । त्यसो त बारामा पनि थप्ने तयारी हुदैछ । निषेधाज्ञा लगाइएको पनि एक महिना भन्दा लामो समय भएको छ । कोरोनाको देशभरको अवस्था हेर्ने हो भने थोरै मात्रै अत्थर भएको जस्तो देखिन्छ । अझै एकलाख नागरिकहरु कम्तिमा कोरोनाबाट संक्रमित छन् ।

त्यसैले तत्काल कोरोना मुक्त नेपालको कल्पना गर्न सकिने अवस्था छैन । नेपाल मात्रै होइन पूरा बिश्व नै कोरोनाबाट मुक्त हुनका लागि समय लाग्ने कुरा विज्ञहरुले बताउदै आएका छन् । विज्ञहरुले निषेधाज्ञाको पालना गर्नका लागि भनेका छन् तर अब सबै समस्याको समाधान निषेधाज्ञा होइन । निषेधाज्ञाको विकल्प खोज्नतर्फ लाग्नु पर्दछ ।

यही अवस्थामा त नेपालमा अझै ६ महिना भन्दा बढी निषेधाज्ञा लगाउनु पर्दछ तर यो कत्तिको संभव छ भन्ने कुरा पनि महत्वपूर्ण हो । त्यसैले निषेधाज्ञा स्थायी समाधान पनि होइन । अतः यसको विकल्पको बिषयमा अब सोच्न आवश्यक छ र नयाँ नीति बनाउन जरुरी पनि छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here