राजन कुमार बानिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिकामा सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला स्थापना हुने भएको छ ।धोबिनी गाउँपालिका वडा नं ४ मा रहेको स्वास्थ्य चौकी लंगडीमा प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले बिहिवार धोबिनी गाउँपालिकालाई ६० लाख बराबरको प्रयोगशाला सम्बन्धित स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराएको हो ।गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानको पहलमा गाउँपालिकामा सुविधा सम्पन्न प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरणहरु उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्द नवाज हुसेनले जानकारी दिनुभएको छ ।प्रयोगशाला स्थापनाको लागि गाउँपालिका अध्यक्ष चौहान नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत हुसेन र स्वास्थ्य चौकी लंगडीका प्रमुख मनु पटेलसहितको टोेलीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामसंग १८ बुंदे सम्झौता समेत गरिसकेको प्रशासकीय अधिकृत हुसेनले जानकारी दिनुभयो । संझौतापत्रमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्र, गाउँपालिका अध्यक्ष चौहान र लंगडी स्वास्थ्य चौकी प्रमुख मनु पटेलले हस्ताक्षर गरेका छन् ।समझौता अनुसार प्रयोगशालासंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक विषयहरु प्रदेश प्रयोगशालासंग समन्वय गरी संचालन गर्नुपर्नेछ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने स्थानको व्यवस्था भने स्थानीय तहले गर्नुपर्ने हुन्छ ।ल्याव संचालको खर्च यस आर्थिक वर्षको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बेहोर्ने छ भने आगामी वर्षको लागि प्रदेश सरकारबाट बजेट प्राप्त भए अनुसार हुनेछ । अन्यथा पालिकाले स्वास्थ्य शाखाको बजेटबाट गर्नुपर्नेछ ।्

Leave a Reply