राजन कुमार बानिया
पोखरिया,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आइतबार कोरोना महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको कार्यपालिका बैठक बसेको छ ।
बैठकमा कोरोना महामारीबाट बच्ने र जनसमुदायलाई बचाउने बारेमा विषेश छलफल भएको थियो । कार्यपालिका बैठकले कोरोना नियन्त्रणकोलागि केही महत्वपुर्ण निर्णय गरेको छ । बैठकले गाउँपालिकामा प्रवेश गर्ने बाहिरका मानिसहरुलाई कडाइकासाथ निगरानी गर्ने र छिमेकी देश भारत लगायतबाट आउने÷जानेहरुहरुमा पनि निगरानी बढाउने निर्णय गरेको छ । त्यसैगरी अन्य ठाउँबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने, घरबाहिर जादा माक्सको प्रयोग गर्ने र अटेरी गर्नेहरुलाई कारबाहीको दायरामा लियाउने तथा गाउँपालिकाभरि कोरोना विरोध जनचेतना मुलक कार्यक्रम सचालन गर्ने निर्णय गरेको छ । त्यसैगरी गापाका महुवनमा रहेको अस्थयी कोभिड अस्पतालमा आईसुलेसन वाड व्यवस्थापन गरी संंचालनमा ल्याउने, गाउँपालिकामा अक्सिजनको ब्यवस्थापन गर्ने तथा बजार व्यवस्थापनसमेत गर्ने निर्णय भएको छ । गाउँपालिकाभित्र रहेका केही पसलहरुको खोल्ने समयसमेत मिलाउने निर्णय गरिएको छ ।
सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष फुलमतीदेबी थरुनी, प्रमुख प्र्रशासकीय अधिकृत संदेश यादव, वाडअध्यक्ष विश्वनाथ पटवारी, नियाज अहमद, जुमादिन अंसारी रुपलाल यादव, प्रहरी प्रमुख , गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारलगायतको उपस्थिति रहेको थियोे ।