निजगढ,शिक्षक सेवा आयोगबाट सिफारिस भएर आउने प्राथमिक तहका स्थायी शिक्षकहरुको पदस्थापना गर्न शिक्षा विकास तथा समन्वय इकाई कलैयाले अपनाएको प्रक्रियाप्रति नेपाल शिक्षक राष्ट्रिय शिक्षक संगठन बाराले असहमति जनाएको छ ।

नेपाल शिक्षक राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष सुरेन्द्र पासवानले सोमवार शिक्षा विकास तथा समन्वय इकाई कलैयामा ज्ञापन पत्र बुझाएर स्थानीय तहहरुमा पदस्थापनाको लागि पत्राचार गर्नुअघि जिल्लाभित्रका सामुदायिक विद्यालयमा पूर्णरुपमा रिक्त रहेका अस्थायी करार शिक्षकहरुको समग्र सूची प्रकाशन गरेर मात्र पदस्थापना प्रक्रिया आरम्भ गर्नुपर्ने माग गर्नुभएको छ ।
विज्ञप्तिमा पदस्थापना गर्ने क्रममा जिल्लाभित्रका विभिन्न पालिकाका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी करार शिक्षकहरुप्रति अन्याय हुदैआएको भन्दै शिक्षक संगठनले प्रक्रिया सच्याउन पनि माग गरिएको छ ।


















