कलैया,बारा र पर्साका २ जनासहित प्रहरीले ४ जनालाई काठमाण्डौबाट पक्राउ गरेको छ ।अनलाइन मार्फत ४९ लाख ५८ हजार ८ सय रुपैयाँ थगी गरेको आरोपमा नेपाल प्रहरीले ४ युवकलाई पक्राउ गरेको हो ।बाराको कलैया उपमहानगर पालिका वडा नम्बर ११ घर भई हाल गठ्ठाघरमा डेरा गरी बस्ने २२ वर्षीय रामसेवक राम, पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने २४ वर्षिय आकाश साह सोनार, सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई हाल काठमाण्डौको पूरानो बानेश्वर बस्ने २१ वर्षिय आदित्यकुमार सिंह र सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुक, ह्वाट्सएप, ईमो, भाइवर, टिकटक, इन्ष्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गरेको आरोपमा पक्राउ परेका चारै जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आइतवार सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उनीहरुविरुद्ध अहिलेसम्म पाँच जनाले उजुरी दर्ता गरेका छन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग सम्पर्क स्थापित गरेर उनीहरुले महँगा मूल्यका मोवाइल, आईफोन, सुनका गहना, जुत्ता र कपडा विदेशबाट मगाइदिने, विदेशमा आकर्षक तलबसहितको जागिर लगाइदिने लगायतका प्रलोभनमा पारेर ठगी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here