जनकपुरधाम,मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ४३अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
चालू आर्थिक वर्ष भन्दा करिब १ अर्ब भन्दा कम आगामी आर्थिक वर्षको बजेट ल्याएको हो ।सदनमा सरकारले आगामी आवको लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेको हो ।प्रदेशसभा भवनमा शनिवार बजेट सार्वजनिक गर्दै प्रदेश अर्थमन्त्री भरत साहले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालु खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखेको छ ।

Leave a Reply