राजन कुमार बानिया
पोखरिया,पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकालाई आइतबार एक कार्यक्रमबीच पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा रहेका दुई वर्ष मुनिका बालबालिकाहरुलाई महिला स्वयमसेविकाहरुको सहयोगमा अनमी र अहेबहरुले स्वास्थ्य केन्द्र र घरघरमै पुगी खोप लगाएपछि गाउँपालिकालाई पूर्णखोप घोषणा गरिएको हो ।
‘स्थानिय स्वामित्व र सहभागिता’ पूर्णखोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ जगरनाथपुर गाउँपालिकाको सभा हलमा गाउँपालिकालाई पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पूर्णखोप घोषणा कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द मियाँले मैनबत्ति बालेर उदघाटन गर्नुभएको थियोे । उहाँले घोषणा पत्र पढेर गाउँपालिकालाई पूणखोप क्षेत्र घोषणा गर्नुभएको थियोे ।
कार्यक्रममा बोल्दै सभापति मियाँले खोपको महत्वको बारेमा विषेशगरी महिलाहरुले धेरै कुरा बुझ्न पर्ने र अन्य सर्वसाधारणलाई पनि बुझाउन जरुरी रहेको बताउनुभयो । देशका कर्णधार बालबालिका नै भएकोले जन्मदेखि दुई वर्षसम्मका बालबालिकाहरुले खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने उहाँको भनाइ थियो । बालबालिका रोगी हुँदा परिवारमा आमाहरु नै सबैभन्दा बढी समस्यमा पर्ने हुँदा खोपको विषयमा महिलाहरु चनाखो र सचेत हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रमा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमरे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, डिएसपी ओमप्रकास खनाल, स्वास्थ्य कार्यालय प्रमुख नवल किशोर साह, जिल्ला सुपरभाइजर अधिकृत पशुपती यादव, जसपाका युवा नेता सरिफ गदी, गाउँपालिका उपाध्यक्ष बिसमिला खातुन, वडा अध्यक्षहरु मंगरु राउत गदी, नगिना राउत अहिर, प्रभुनाथप्रसाद नुनिया, अयोधया पटेल, एनजियोसिसि पर्साका अध्यक्ष ईब्राहिम देवान, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उत्तम कार्की, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, सदाम आईटी औफिसर अंसारी, योजना शाखा प्रमुख दिपेन्द्र चौधरी कार्यपालिका सदस्य र स्वास्थ्यकर्मीलगायतको उपस्थित रहेको थियो ।