वीरगन्ज,सवारी दुर्घटनामा परि पर्साका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटास्थित स्वास्थ्य चौकीमा कार्यरत अहेब २५ वर्षिय उदयकुमार साह रहेका छन् ।

धनुषाको लालगढस्थित कुष्ठरोग अस्पतालमा कार्यालयको काम लिएर जाने क्रममा साह सवार ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई मंगलबार पहिचान खुल्न नसकेको गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply