नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रातारात जसो छिमेकी देश भारतको भ्रमण गरेर नेपाल फर्कनुभयो ।
भारत नेपालको एक कुशल छिमेकी देश हो तर पनि भारत विश्वको नजरमा भने नेपालको कुशल छिमेकी देशको रुपमा स्थापित छैन । नेता स्तरमा जे भएपनि जनस्तरमा भने नेपाल र भारतको सम्बन्ध एकदमै राम्रो छ र यो कसैले चाहेर पनि मेटाउन सक्दैन ।

तर, नेपालको नेताहरुको रबैया भने भारतप्रतिको गज्जबको देखिन्छ । आफू कथित क्रान्तिकारी बन्नका लागि भारतको गाली गर्ने नेताहरुको संख्या नेपालमा धेरै छ र यिनै मध्ये एकको रुपमा प्रचण्डलाई पनि लिन सकिन्छ ।
कुनै समय सशस्त्र संघर्ष गरेर भारतको विरुद्धमा जनतालाई उचाल्ने अनि आफू चैं भारतमा नै बसेर देश बर्वाद बनाउने खेल पनि प्रचण्डबाट विगतमा भएकै हो । अहिले फेरि प्रचण्ड भारतको विश्वास पात्रको रुपमा नै रहेको कुरा त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सरिक भएर आएपछि नै पुष्टी भइसकेको छ ।

प्रधानमन्त्रीले मोदीको शपथमा गएर आफू भारतको एक सच्चा एजेन्ट भएको पनि संदेश दिएको देखिन्छ । सुन्दा र झट्टभन्दा यो कुरा तीतो र नमिठो लागे पनि यो सत्य कुरा हो । भारतसंग नेपालका कुनै पनि शासकले निहँुु खोज्न सक्दैनन् र खोज्न आवश्यक पनि छैन तर नेताहरुले आफ्नो स्वार्थका लागि किन भारतलाई गाली गर्छन् भन्ने कुरा चैं महत्वपूर्ण हो ।त्यसैले नेपालका प्रधानमन्त्री नगए पनि हुने भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सरिक भएर दिन खोजेको संदेश पनि यही नै हो ।

 

Leave a Reply