निजगढ,निजगढ नगरपालिकाले संचालन गरेको बाली शिविर सम्पन्न भएको छ ।किसानले लगाएको तरकारी तथा फलफूल बाली संरक्षणका लागि नगरपालिकाले गत हप्तादेखि संचालनमा ल्याएको उक्त शिविर सोमवार सम्पन्न भएको हो ।बारा जिल्ला कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत सम्सुलहक मियाँ दर्जी र निजगढ नगरपालिकाकी कृषि प्राविधिक रुपा पराजुलीलगायतको टोलीले बालीमा लाग्ने रोगब्यादी र उपचार विधिबारे कृषकहरुलाई परामर्श दिएका थिए ।

निजगढ वडा नम्बर १ सिंगौलबाट शुरु भएको शिविर निजगढ नगरपालिका वडा नम्बर १३ मा पुगेर समापन गरिएको थियो ।नगरपालिकाकी कृषि प्राविधिक पराजुलीले नगरपालिकाभित्र रहेका कृषकहरुले गर्दैआएको करेसा खेतीमा विभिन्न प्रकारका रोग देखिएको गुनासो आएपछि त्यसको पहिचान गरि समाधान गर्ने गर्ने बारेमा जानकारी दिने उदेश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।शिविरमा उपस्थित अधिकाशं वडाका कृषकहरु रोग लागेको आफ्ना बालीको बोट र बिरुवासहित उपस्थित भएका थिए । जिल्ला कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सम्सुर साहको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा प्रत्येक वडाका ६० देखि ७० जना कृषकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply