नेपालका राजनीतिक दलहरुले आफ्नो फाइदाका लागि चुनावमा गठबन्धन गर्ने गर्दछन् तर समय क्रमसंगै त्यही गठबन्धनले फेरि उसैलाई घाटा पनि हुन्छ । गएको निर्वाचनमा नेपाली काँग्रेससंग गठबन्धन गरेको माओवादीले अहिले गण्डकी प्रदेश उसैका लागि घाँडो भएको छ ।
गण्डकी प्रदेशका अहिलेको मुख्यमन्त्रीलाई ऊ बेलामा माओवादीले प्रदेश सभा सदस्यको उम्मेदवार बनायो र जितायो पनि अनि मुख्यमन्त्री पनि बनायो तर फेरि एमालेसंग गठबन्धन गरेपछि भने माओवादी समस्यामा परेको हो ।आफैले हिजो उम्मेदवार बनाएर जितेर गएका व्यक्ति अहिले फेरि पनि सर्बोच्चको बलमा मुख्यमन्त्री भए र माओवादी प्रतिपक्षमा पुगेको छ । गठबन्धन गर्दा अहिले गण्डकीमा सबैभन्दा बढी घाटा माओवादीलाई भएको छ । हुन त प्रधानमन्त्री प्रचण्डले पनि त्यही प्रदेशबाट चुनाव जित्नुभएका कारण काँग्रेसले मत नदिएको भए प्रचण्डले जित्ने अवस्था आउथेन पनि भनिएला तर गोरखामा माओवादीको जनाधार बलियो थियो ।
तर पनि जनतलाई भ्रम फैलाएर गठबन्धन गरियो र अहिले हिजो आफैले उम्मेदवार बनाएको व्यक्तिले नै सवक सिकाएपछि अब गठबन्धन ठीक रहेनछ भन्ने कुरा पनि प्रमाणित भएको छ ।त्यसो त फेरि दलहरुले गठबन्धन त गर्न सक्छन् तर जनता सचेत हुन भने आवश्यक छ । कम्तीमा कार्यकर्ता पनि सचेत हुन चैं अब आवश्यक छ ।















