नेपालमा अहिले सबैभन्दा चर्को वहसको बिषय बनेको छ एमसिसी । अमेरिका सरकारले नेपालको केही क्षेत्रमा लागनी गर्न खोजेको बिषयमा चार वर्षअगाडि नै सरकराले गरेको संझौता हो यो । यसको कार्यान्वयनका लागि भन्दै अमेरिकी अधिकारीहरु अहिले काठमाडौंमा छन् । उनीहरुले शीर्ष नेताहरुलाई भेटेका छन् । बिहीबार मात्रै एमालेका अध्यक्ष केपी ओलीसंग भेटेको छ त्यो टोलीले । ओलीले आफू सकारात्मक भएको बताएका छन् ।
अब उनले प्रधानमन्त्री एंव नेपाली कांग्रेश सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत मुख्य दलका सबै नेतासंग भेट गर्नेछन् । मुलतः नेपालमा एमसिसी पारित नहोस् भन्नेमा जनता मात्रै हो शीर्ष नेताहरु भने एमसिसीको पक्षमा छन् । बिहीबार केपी ओलीको भनाइको आधार पनि यही थियो । उनी पक्षमा नै थिए तर पहिला प्रधानमन्त्री हुदा तत्कालिन सभामुख कृष्णबहादुर महराले साथ दिएनन् ।
देउवाले त मुख नै खोलेका मात्रै छैनन् अहिले प्रचण्ड र माधवलाई निकै अप्ठेरो बनाएका छन् । अमेरिकाले यो नेपालको संसदबाट पास नभए शीर्ष नेताहरुलाई अमेरिकामा प्रतिबन्ध लगाउने सोच बनाएको छ । आखिर अमेरिका कसलाई जान मन लाग्दैन र त्यसैले शीर्ष नेता सबै एमसिसीको पक्षमा छन् । समय उनीहरुको अनुुकुल नभएर मात्रै कुरा बिग्रिएको हो ।