निजगढ,लायन्स क्लब अफ निजगढको नयाँ कार्यसमिति चयन भएको छ । क्लबको शनिवार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो ।बैठकबाट प्रेसिडेन्टमा अरुणकुमार साह पुनः सर्वसम्मत चुनिनुभएको छ । साहको यो लगातार तेस्रो कार्यकाल हो ।यस्तै पहिलो भिपीमा लोकप्रसाद न्यौपाने चयन हुनुभएको छ भने दोस्रो भिपीमा तेजबहादुर चौलागाई, सेक्रेटरीमा विनोद खरेल र ट्रेर्यजरमा कैलाशबहादुर तिमल्सिना रहनुभएको छ ।बैठकमा लायन्सका पूर्वड्रीस्टिक एडिशनल क्याबिनेट ट्रेर्यजर दिपेन्द्र श्रेष्ठ, पूर्वप्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो ।नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरु हुने बताइएको छ ।
















