मधेस प्रदेश सरकारबाट उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीको ६ वर्षपछि बर्हिगमन भएको छ ।
संघीयताको शुरुवात भएको पहिलो वर्ष चुनौतिकाबीचमा नै मधेस प्रदेशको नेतृत्वमा पुगेको जसपाले आफ्नो पहिलो कार्यकाल जेनतेन सफल पारेको थियो । यद्यपि विवाद भने धेरै भए र २०७९ सालमा सम्पन्न भएको चुनावमा पहिलो मुख्यमन्त्रीलाई जनमतले अस्वीकार पनि गरिदिए । दोश्रो पटक पनि मधेस प्रदेशमा जसपा नै पुग्यो पात्र भने फरक भए । जुन पात्र गए,उनले पनि मधेशका जनतालाई भने केही दिन सकेनन् ।

मधेसमा ६ वर्षसम्म सत्तामा रहेको जसपाले नागरिकहरुका लागि खासै केही दिन नसकेका कारण त्यो पार्टी पनि जनस्तरबाट अनुमोदन नभएकै हो । स्वयम् उपेन्द्र यादवलाई पनि जनताले मन नपराएकै हुन् अब मधेसमा केही गर्छु भन्ने भाव देखाउने सिके राउत नेतृत्वको जनमत पार्टीको सरकार बन्दैछ । नेपालमा सरकार बाहिर रहदा यो र त्यो गर्छु भन्ने अनि सरकारमा गएपछि सिन्को नभाँच्ने प्रवृत्ति छ । अब यो प्रवृत्ति जनमत पार्टीमा कत्ति देखिन्छ त्यो त समयले बताउला ।
तैपनि अब काम गर्नुको विकल्प छैन । फेरि पनि काम कम र गफ धेरै लगाउनेहरुको नेपाली राजनीतिमा हालीमुहाली भएकाले पनि मधेसमा नयाँ सरकार बन्ने बित्तिकै केही होला भनेर बिश्वास गर्ने ठाउँ भने छैन र फेरि काम नगरेर सरकारलाई धर पनि छैन ।सरकारले चित्तबुझ्दो काम गर्न नसकेको अवस्थामा पनि जनताले पटकपटक यिनै दल मध्ये एकलाई छानेर मत दिएका हुन् र मधेसको सवालमा यो जनमतका लागि अवसर पनि भएकाले विगत जसपाको बाटोमा यो पार्टी नहिँड्ला अहिलेलाई यही आशा गरौं ।

Leave a Reply